Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

त्रिवेणी विकास बैंकको ११ हजार कित्ता आईपीओ बोलकबोलमा

२०७३ भाद्र २७ गते

tribeniत्रिवेणी विकास बैंकले ११ हजार तीन सय १८ कित्ता साधारण सेयर (आईपीओ) बोलकबोल (लिलामी)मा बिक्री गर्ने भएको छ । बैंकले जफत गरेको सर्वसाधारण तर्फको सेयर लिलाम बढाबढका आधारमा बिक्री गर्न लागेको हो । 
 
लिलाम बढाबढका आधारमा त्रिवेणीको सेयर किन्न चाहने असोज २८ गते दिउँसो १ बजेभित्र बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेडमा दर्ता गराइसक्नुपर्नेछ । लिलामीको टेन्डर असोज ३० गते दिउँसो ४ बजे एस क्यापिटलकै कार्यालय लालदरबार काठमाडौंमा खोलिने बताइएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । अधिकतममा भने सीमा तोकिएको छैन । तर राष्ट्र बैंकले एक व्यक्ति वा फर्मका लागि तोकेको सीमाभन्दा माथि जान भने पाइनेछैन् ।