Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनआईसी एसिया बैंकको २६ प्रतिशत बोनस सेयर स्विकृत, १५ प्रतिशत हकप्रद निष्काशनको तयारी

२०७३ भाद्र २७ गते

एनआईसी एसिया बैंकले प्रास्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त बोनस बोनस सेयर साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिने बताइएको छ । 

nic-asiaसाधारणसभामा बैंकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत अघि सार्ने निर्णय गरेको छ । बैंकले आगामी असोज १८ गते साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले असोज ५ गतेदेखि १८ गतेसम्म बुक क्लोज रहने समेत जानकारी गराएको छ ।