Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पुँजी बढाउने होडमा सिटिजन्स बैंक : १६ प्रतिशत बोनस स्विकृत, २५ प्रतिशत हकप्रदको तयारी

२०७३ भाद्र २७ गते
सेयर:

citizens bankसिटिजन्स बैंकले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई करिब १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकका लगानीकर्ताले चुक्ता पुँजीको आधारमा ७५ करोड ६ लाख ७५ हजार सात सय ६२ रूपैयाँको बोनस सेयरका साथै कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रूपैयाँ नगद लाभांश पनि पाउने छन् । 
 
सिटिजन्स बैंकले बोनस सेयर वितरणपछि कायम हुन आउने चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने प्रस्ताव समेत गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि बैंकले असोज १६ गते साधारणसभा बालाएको छ । साधारण सभा प्रयोजनका लागि असोज ६ देखि १६ गतेसम्म सेयरधनी दर्ता किताबसमेत बन्द गर्ने बैंकले जनाएको छ ।