Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारका लागि राष्ट्र बैंकले उठायो तीन अर्ब ८७ करोड आन्तरिक ऋण

२०७३ भाद्र २७ गते

nrbनेपाल राष्ट्र बैंकले तीन अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले सोमबार दिउसो ३ बजे ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन प्रकारका ट्रेजरी बिल जारी गरेको हो । ९१ दिने २ अर्ब ५० करोड रुपैयाँ बराबरको, १८२ दिने ५० करोड रुपैयाँ बराबरको र ३६४ दिने ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मंसिल २८ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको ट्रेजरी बिल आगामी चैत्र १ गते परिपक्व हुने छ । त्यस्तै, ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ भदौ २७ गते परिपक्व हुने बताइएको छ । 

राष्ट्र बैंकले सरकारका लागि आवश्यक आन्तरिक ऋण उठाउने क्रममा छोटो अवधिको ट्रेजरी बिल जारी गर्ने गर्दछ । यद्यपि, पछिल्लो समय छोटा अवधिका ट्रेजरी बिलमा कम आकर्षण हुने गरेको पाएपछि राष्ट्र बैंकले ट्रेजरी बिलको संख्यालाई घटाई लामो समयावधिका ऋणपत्रहरुो संख्यालाई बढाउने योजना बनाएको छ ।