Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का ल्याउँदै, यस्ता छन् विशेषता

२०७८ फाल्गुन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदैछ। बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको हाे।

यस्ताे छ सूचना

यस बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको निम्न विशेषताहरु रहेको रुपैयाँ १ दरको सिक्का मिति २०७८।११।२५ देखि चलनचल्तीमा ल्याउने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

(क) सिक्काको अग्र भागमाः–

सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।

चौसठ्ठी थोप्लाहरूको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re one र तल्लो भागमा देवनागरी
लिपिमा १ रुपैयाँ लेखिएको ।

नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरुले स्पर्श
गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो रहेको ।

(ख) सिक्काको पृष्ठ भागमा:–

सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु रहेको ।

आठ थोप्लासहितको वृत्ताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा SAGARMATHA NEPAL लेखिएको ।

सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएकाे ।