March 7th, 2022

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट


बैंकिङ खबर/ नेष्डो समृद्ध लघुवित्तले मंगलबार आईपीओ बाँडफाँट गर्ने नेष्डो समृद्ध लघुवित्तले साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट गर्ने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार आईपीओ प्रिअलमेन्ट सम्पन्न भइसकेको र भोलि बाँडफाँट गर्ने तयारी गरेको हो ।

लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

लघुवित्तले कुल जारी शेयरमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको थियो । बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]