Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक(पूर्णपाठ)

२०७८ फाल्गुन २२ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकद्वारा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ ।

२०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी ९ अर्ब ९१ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।

मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड रुपैयाँ राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ । सरकारी सुरक्षणपत्र र अन्य क्षेत्रमा गरेको लगानी भनेको बनेको छ ।