Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा सुन आयातमा कडाई, आयातको दैनिक कोटा १० केजी

२०७८ फाल्गुन २२ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । केन्द्रीय बैंकले आइतबार एक निर्देशन जारी गर्दै सुन आयातको दैनिक कोटा १० केजीमा झारेको हो ।

राष्ट्र बैंकले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। आइतबार उक्त सिमा घटाएर १० केजीमा झारेको हो।पछिल्लो समय सुनको आयात बढ्दै गएको छ। मूल्य बढ्दा पनि आयातमा सुनको हिस्सा बढ्दै गएको छ। यसै कारण केन्द्रीय बैंकले सुनको आयातमा कडाई थालेको हो।