Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तरलता व्यवस्थापनमा राष्ट्र बैंक : उठायो पाँच अर्ब निक्षेप

२०७३ भाद्र २६ गते

nrbनेपाल राष्ट्र बैंकले आइतबार (आज) ५ अर्ब रुपैयाँ निक्षेप उठाएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त निक्षेप बोलकबोलमार्फत उठाएको हो । उक्त निक्षेप आउँदो असोज ९ गते फिर्ता गर्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

व्याजदर करिडोर कार्यान्वयनमा आउनुअघि बैंक तथा वित्तीय संस्थाहरुको गरेको गोप्य शिलबन्दीका आधारमा व्याजदर तोकिने गरेकोमा कार्यान्वयनपछि व्याजदर समेत तोक्न थालेको छ । यो (आजको) निक्षेपमा २.००४८ प्रतिशत व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ ।