कृषि बिकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने अन्तिम तयारीमा पुगेको छ । बैंकले अन्तिम स्वीकृति लिन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले हाल कायम पूँजी ३ अर्ब ९३ करोडको ५० प्रतिशत अर्थात एक अर्ब ९६ करोड रुपैयाँ बराबरको एक करोड ९६ लाख कित्ता हकप्रद जारी गर्ने अन्तिम स्वीकृतिका लागि आबेदन दिएको हो । धितोपत्र बोर्डबाट चाँडै स्वीकृति पाए असोज महिना भित्रै हकप्रद जारी गर्ने बैंकको तयारी छ । बैंकले हकप्रद निष्काशन तथा विक्रि प्रबन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ ।
गत आर्थिक बर्षमा बैंकले दुई अर्ब ५७ करोड खुद नाफा गरेको छ । यसपटक बैंकले चाहेमा गत बर्षको प्रति शेयर आम्दानीबाट ४० प्रतिशत भन्दा बढी बोनस शेयर बाड्नसक्ने क्षमता राख्दछ । बैंकले अघिल्लो आर्थिक बर्षमा १५ प्रतिशत बोनस शेयर दिएको थियो ।



