Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने, राष्ट्र बैंकले दियो स्वीकृति

२०७८ फाल्गुन १८ गते

बैंकिङ खबर/ नबिल बैंकले एनबी बैंकलाई गाभ्ने भएको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएको हो ।

अब दुबै बैंकले एक आपसमा गाभ्न र गाभिने प्रक्रियालाई तीव्रता दिनुपर्नेछ । राष्ट्र बैंकले गाभ्ने र गाभिने सम्बन्धि सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी एकिकृत कारोबार गर्न निर्देशन दिएको छ ।

दुई बैंकले भने प्राप्तिको कार्य ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । गत पुस २९ गते दुई बैंकले प्राप्ति सम्बन्धी समझदारी गरेका थिए । दुई बैंकको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।

सो प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् ।

नबिलले एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५ करोड, कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथी हुने बैंकले जनाएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख माथी हुनेछन् ।

नबिल र एनबी बैंक दुबैले संयुक्त मर्जर-एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम गत पुस २९ गते सम्झौता भएको थियो ।

Ad