Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘वित्तीय ग्राहक संरक्षण ऐन’ ल्याउने तयारीमा राष्ट्र बैंक

२०७८ फाल्गुन १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय उपभोक्ताको हितका लागि ‘वित्तीय ग्राहक संरक्षण ऐन’ ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार ऐन ल्याउनका लागि राष्ट्र बैंकले आन्तरिक तयारीमा जुटेको छ । ऐनमा वित्तीय समावेशीकरण, वित्तीय साक्षरता, उपभोक्ताले पाउने अधिकार के हो ? भन्ने लगायतका विषय समावेश हुनेछन् ।

कुनै पनि उपभोक्ताले पाउने पर्ने सेवा नपाएको खण्डमा कहाँ सम्पर्क गर्ने जस्ता विषय ऐनमा समावेश गरिनेछ । यसका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्ने जनाएको छ । वित्तीय उपभोक्ताहरूको हितको रक्षा गर्न, र वित्तीय उपभोक्ता विवादहरूलाई निष्पक्ष, तर्कसंगत र प्रभावकारी रूपमा व्यवस्थापन गर्न, वित्तीय उपभोक्ताहरूको बजारमा विश्वासलाई सुदृढ पार्न र वित्तीय बजारको सुदृढ विकासलाई प्रवर्द्धन गर्न ऐन ल्याउने तयारी भएको हो ।

ऐनमा बैंकिङ, धितोपत्र, बीमालगायतका विषय पनि समावेश गरिनेछ । वित्तीय क्षेत्रले वित्तीय क्षेत्रका उपभोक्तालाई समेट्ने भएकाले वित्तीय उत्पादन वा सेवाहरू पाउने पक्षलाई प्राथमिकतामा राख्ने छ ।