२०७३ भाद्र २६ गते

सेयरधनीलाई १९.५७ प्रतिशत बोनस सेयर दिँदै गण्डकी विकास बैंक

gandakiगण्डकी विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई १९ दशमलव ५७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर संस्थाले आगामी साधारणसभाबाट सो निर्णय पारित भएपछि लाभांश वितरण गर्ने छ ।