Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा ‘ग्लोबल मनी विक’ वित्तीय साक्षरता कार्यक्रम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह

२०७८ फाल्गुन १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको छ।

राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ‘ग्लोबल मनी विक’ मनाउन आग्रह गरेको हो।

ग्लोबल मनी विक समन्वय समितिको निर्णयानुसार ओईसीडीको समन्वयमा आउँदो चैत ७ देखि चैत १३ गतेसम्म आयोजना हुने जीएमडब्ल्यू–२०२२ सप्ताहमा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ वमोजिम वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

कार्यक्रम सञ्चालनसम्बन्धी जानकारी कार्यक्रम सम्पन्न गरेको ७ दिनभित्र राष्ट्र बैंकको गभर्नरको कार्यालयअन्तर्गतको वित्तीय साक्षरता इकाइलाई उपलब्ध गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।