नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप उठाउन लागेको हो । पाँच अर्ब रुपैयाँ निक्षेप बोलकबोलमार्फत उठाइने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । उक्त निक्षेप आउँदो असोज ९ गते फिर्ता गर्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
व्याजदर करिडोर कार्यान्वयनमा आउनुअघि बैंक तथा वित्तीय संस्थाहरुको गरेको गोप्य शिलबन्दीका आधारमा व्याजदर तोकिने गरेकोमा कार्यान्वयनपछि व्याजदर समेत तोक्न थालेको छ । यो (आजको) निक्षेपमा २.००४८ प्रतिशत व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निष्काशन गरेको निक्षेप बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमात्रै सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले मागभन्दा बढी आवेदन परेमा दामासाहीका आधारमा बाँडफाँड गरिने जनाएको छ ।