Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाकाे संस्थापक सेयर खरिदबिक्री गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने

२०७८ फाल्गुन १२ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक सेयर खरिदबिक्री गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्था कार्यान्वयन गर्नका लागि राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा नयाँ व्यवस्था थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

यो सँगै अब कुनै एक बैंक वा वित्तीय संस्थाको १ प्रतिशत वा सोभन्दा बढीे संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।