Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सर्वसाधरणलाई समयमै नयाँ नोट दिन, वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२०७३ भाद्र २६ गते

 

nepal_rastra_baink

नेपाल राष्ट्र बैंकले नोट कोष सुविधा रहेका वाणिज्य बैंकलाई असोज १६ गतेदेखि नयाँ नोट सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले असोज १६ गतेदेखि सर्वसाधरणका लागि नयाँ नोट सटही सविधा उपलब्ध गराउने बताइसकेको छ । राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भने असोज ९ देखि १६ गतेसम्म बैंकको थापाथली परिसरबाट नयाँ नोट सुविधा लिन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दसैँलाई लक्षित गरी असोज १६ गतेदेखि सवसाधरणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको हो । केन्द्रीय बैंकले आफ्नो मुद्रा व्यवस्थापन सटही काउन्टरमार्फत प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपियाँ उपलब्ध गराउने जनाएको छ । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती सेवाका कार्यालयलाई समेत थापाथलीस्थित काउन्टरबाट सोही मितिदेखि सटही सविधा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।