Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जीवन विकास लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश दिने

२०७८ फाल्गुन ८ गते

बैंकिङ खबर/ जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश दिने निर्णय गरेको छ। लघुवित्तको  सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ। लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ।

Ad