
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने प्रवाह हुने कर्जामा थप कडाइ गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत यस्तो घोषणा गरेको हो ।
जग्गा प्लटिङ, हायर पर्चेज कर्जा, आयातका लागि जाने कर्जा, शेयर धितोमा जाने जस्ता कर्जा नीतिमा पुनरावलोकन हुने राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।
यस अघि राष्ट्र बैंकले आयातमा जाने कर्जामा कडाइ गरेको थियो भने शेयर धितोमा जाने कर्जामा पनि सीमा तोकेर कडाइ गरेको थियो ।


