Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तीन वटा बैंकको २ करोड ४० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

२०७८ फाल्गुन ५ गते

बैंकिङ खबर/ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीनवटा बैंकको २ करोड ४० लाख कित्ताभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ ।

बिहीबार सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको उक्त कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये सिभिल बैंकको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता, निफ्राको १ करोड ६० लाख कित्ता र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बापतको ३७ लाख २५ हजार ४५१.०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीन वटै बैंकहरुको बोनस शेयर सम्वन्धित शेयरधनीकोे हितग्राही (डिम्याट) खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।

Ad