Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप १३ अर्बले घट्दा १२ अर्ब बढी कर्जा लगानी !

२०७८ फाल्गुन ४ गते

बैंकिङ खबर/ माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । नेपाल बैंकर्स संघ (एनबीए)का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो । यस्तै कर्जा लगानी भने बढेको छ ।

बैंकर्स संघको तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने गत पुसको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँले बढेको छ । गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

Ad