Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले तलबी खातामा ५ लाख रुपैयाँसम्म विद्युतीय माध्यमबाट कर्जा प्रवाह गर्न सक्ने(पूर्णपाठ)

२०७८ माघ २८ गते

 


बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि तलबी खातामा अधिकतम ५ लाख रुपैयाँसम्म विद्युतीय कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले तलबी खाता रहेका वा पेसागत तथा व्यावसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन पाउनेछन् ।

यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्मको हुनेछ । यसका साथै कर्जा प्रदान गर्दा र फिर्ता भुक्तान गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

ग्राहकसँग कर्जाको आवेदन लिँदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो मोबाइल एपका माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् ।