Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समृद्धि फाइनान्सको हकप्रद शेयरमा फागुन ८ गतेदेखि आवेदन दिन सकिने

२०७८ माघ २२ गते

बैंकिङ खबर/ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते आइतबारदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस १० गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

उक्त हकप्रद शेयरमा समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरमार्फत फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

Ad