Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रियस्तरका ८ विकास बैंकहरुको औसत लाभांशमा वृद्धि, कुनको कति?

२०७८ माघ १९ गते


बैंकिङ खबर/ राष्ट्रियस्तरका विकास बैंकहरुको औसत लाभांश दरमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा औसत लाभांश दर बढेको हो ।

नेपाल हाल ८ वटा राष्ट्रिस्तरका विकास बैंक छन् । यी विकास बैंकहरुको कुल औसत लाभांश दर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५४.४० ले बढेको पाइएको छ । विकास बैंकको गत आर्थिक वर्षमा कुल औसत लाभांश दर १५.७८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल औसत लाभांश दर १०.२२ प्रतिशतमात्रै रहेको थियो ।

महालक्ष्मी विकास बैंक

गत आर्थिक वर्षका लागि महालक्ष्मी विकास बैंकले सर्वाधिक २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष यो बैंकले ८.८ प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद गरी कुल ९.२६ प्रतिशत लाभांश बाँडेको थियो ।

मुक्तिनाथ विकास बैंक

अघिल्लो वर्ष मुक्तिनाथ विकास बैंकले सर्वाधिक १५.५१ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ११.२५ प्रतिशत बोनस सेयर र ४.२६ प्रतिशत नगद लाभांश थिए। गत वर्ष पनि मुक्तिनाथले कुल १७.५७५ प्रतिशत बोनस र ०.९२५ प्रतिशत नगद गरी कुल १८.५ प्रतिशत लाभांश दिएको छ ।

कामना सेवा

दोस्रो धेरै लाभांश दिनेमा कामना सेवा रहेको छ । यो बैंकले गत वर्षका लागि १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने कामना सेवाले ४.४ बोनस र ०.२३ प्रतिशत नगद गरी कुल ४.६३ प्रतिशत लाभांश दिएको थियो।

ज्योति विकास बैंक

ज्योति विकास बैंकले गत वर्षका लागि ११ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल १५.५ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने ज्योती विकास बैंकले १० प्रतिशत बोनस र ० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको थियो।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले गत वर्षका लागि लुम्बिनी विकास बैंकले १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश दिएको थियो।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंक

साइन रेसुङ्गाले गत वर्षका लागि १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० बोनस र ० प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिएको थियो।

गरिमा विकास बैंक

गत वर्षका लागि १६ प्रतिशत बोनस सेयर र ० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने गरिमा विकास बैंकले १३.५ बोनस र ०.७१०५ प्रतिशत नगद गरी कुल १४.२१ प्रतिशत लाभांश दिएको थियो।

सांग्रीला विकास बैंक

सांग्रीला विकास बैंकले गत वर्षका लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिएको छ । अघिल्लो वर्ष भने सांग्रीला विकास बैंकले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिएको थियो।

Ad