Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लक्ष्मी लघुवित्तको बुक क्लोज भदौ २६ गतेदेखि

२०७३ भाद्र २३ गते
सेयर:

laxmiलक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ । यसका लागि कम्पनीले बुक क्लोजको मिति समेत तयर गरेको छ । कम्पनीले आगामी भदौ २६ गतेदेखि बुक क्लोज गरिने जानकारी नेप्सेलाई दिएको हो । 

यसका लागि संस्थाले धितोपत्र बोर्डबाट स्विकृति पाइसकेको छ । ११ करोड रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तले गत वर्ष नै हकप्रद निष्काशन गर्ने तयारी सुरु गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा लक्ष्मीले ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।