त्रिवेणी विकास बैङ्क लिमिटेडका सेयरधनीले १९ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैङ्कको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट सो लाभांश वितरण गर्न लागेको हो । बैंकले गत आर्थिक वर्षमा १९ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । समितिको सो निर्णय राष्ट्र बैङ्क र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।
राष्ट्र बैंकले तोकेबमोजित चुक्तापुँजी पुर्याउन उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ८२ करोड रुपैयाँ छ ।