Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड कालिन्चोक दर्शनको बिक्री प्रवन्धकमा नियुक्त

२०७८ माघ १३ गते

बैंकिङ खबर/ कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्ने १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्रसहित) साधारण शेयर निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ।

उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीकाबीच कालिन्चोक दर्शन लिमिटेडमा बिहीबार द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरि उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ।

 

 

Ad