Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले प्रयोगमा ल्यायो ‘बेञ्चमार्क दर’

२०७८ माघ ९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘वान इयर बेञ्चमार्क इन्ट्रेष्ट’ लाई प्रयोगमा ल्याएको छ। ‘लाइबोर’ (लण्डन इन्टरबैंक अफर्ड रेट) नयाँ वर्ष २०२२ को पहिलो दिनबाट ‘फेजआउट’ भइसकेको छ ।

विगत ४ दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेन्चमार्क रहेको ‘लाइबोर’ खारेजपछि केन्द्रीय बैंकले ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको हो। ‘लाइबोर’ सन् २०२२ को सुुरुआतसँगै फेजआउट भइसकेको छ।

नेपालले कतिपय ऋणहरु लाइबोरका आधारमा ल्याएका थिए। त्यो खारेजीपछि अन्योल थियो। त्यसैलाई सम्बोधन गर्दै राष्ट्र बैंकले नयाँ बेञ्चमार्क कार्यान्वयनमा ल्याएको हो।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका नाममा परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७८ को एकीकृत इ.प्रा.परिपत्रः १८÷२०७८ को दफा ६ को खण्ड (क) र खण्ड (ख) का अन्य व्यवस्थाहरु यथावत राखी खण्ड (क) मा उल्लिखित ‘वान इयर लिबोर’ दरमा अधिकतम १.२५ प्रतिशतको सट्टामा ‘वान इयर बेन्चमार्क इन्ट्रेस्ट’ दरमा अधिकतम १.७५ प्रतिशत कायम गरी र खण्ड (ख) मा उल्लिखित ‘वान इयर लिबोर’ दरमा ०.२५ प्रतिशतको सट्टामा ‘वान इयर बेच्नमार्क इन्ट्रेस्ट’ दरमा ०.७५ प्रतिशत कायम गरी संशोधन गरिएको जनाएको छ।