January 21st, 2022

कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्न कृषि विकास बैंकलाई अर्थमन्त्रीको निर्देशन

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंक लि.ले स्थापना कालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् ।

कृषि विकास बैंक लि.को ५५ औँ वार्षिक उत्सव समारोहको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाल सरकारले अगाडि सारेकाे लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्न समेत निर्देशन दिए ।

अर्थमन्त्री शर्माले बैंकको ५५ औँ वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन गरेका थिए ।

कृषि विकास बैंक लि. स्थापनाकाल देखि हाल ५५ औँ वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्याउनु हुने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक वधाई तथा धन्यवाद दिँदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत उनले व्यक्त गरे ।

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथि तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक लि. पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफ्नो बैकिङ्ग व्यवसाय संचालन गरेको देखिएको बताए ।

उनले गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिँंदै सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुअल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिव १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, शेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने,आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट र करिव ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको बताए ।

उनले भने,’यस बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गर्नु भयो, बैंकलाई सदैव विश्वास गर्ने एवं हाम्रो अभियानमा सहयोग पु¥याउनुहुने सम्पूर्ण आदरणीय ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो, बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गर्ने बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीहरुप्रति हामी हार्दिक आभार व्यक्त गर्दर्छौ ।’

२० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु,उत्कृष्ट ग्राहाक महानुभावहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रमको अध्यक्षता बैंक संचालक समितिका अध्यक्ष रमेशकुमार के.सीले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दैै उनले बैंकले आफ्नो स्थापनका समयमा लिएको उद्देश्यका अलाव समय अनुसारको माग बमोजिम बैंकका सेवाहरुलाई अध्यावधिक गराउँदै नेपाल सरकारले प्राथामिकतामा राखेका कार्यक्रमको कार्यन्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने छ र भविष्यमा अझ अव्वल बैंकको रुपमा अगाडी बढ्ने समेत बताए ।

साथै कृषि विकास बैंक लि.ले ५४ वर्षको सफलयात्रा पार गरी ५५ औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना समेत व्यक्त गरे ।

उक्त कार्यक्रमलाई बैंकमा रहेका कर्मचारी यूनिका अध्यक्ष तथा संयोजक क्रमशः सुजित विक्रम शाह र हेमेन्द्र अर्यालले समेत सम्बोधन गरेका थिए ।

कार्यक्रममा बैंकका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामावली समेत घोषणा सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु डा.राजेन्द्रप्रसाद मिश्र, रमेश दुवाडी, डा. इन्दीरा श्रेष्ठ मास्के, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुराँगाई बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल लगायत कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको संचालन बरंमका अधिकारीले गरेकी थिइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]