Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पाँच महिनामा कुन बैंकको कति नाफा ?

२०७८ माघ ६ गते


बैंकिङ खबर/ चालु आर्थिक वर्षको पाँच महिना (साउन(मंसिर) को अवधिमा २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनाको अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा एनआईसी एशिया बैंक रहेको छ । एनआईसीले मंसिरसम्ममा २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल बैंकले १ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड र पाँचौं ठूलो प्राइम बैंकले १ अर्ब ५० करोड रूपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

पाँच महिनाको अवधिमा प्रभु बैंकले १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड, मेगा बैंकले १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रूपैयाँ नाफा आर्जन कमाएको छ ।

बाँकी १६ वाणिज्य बैंकहरूको नाफा एक अर्बभन्दा कम छ । सेञ्चुरी बैंकले सबैैभन्दा कम ४० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सिटिजन्स बैंकले ९९ करोड ६० लाख रुपैयाँ नाफा कमाउँदा स्ट्याण्डर्डचार्टड बैंक ९० करोड ३१ लाख, माछापुच्छ्रे बैंक ८७ करोड ९७ लाख, सानिमा बैंक ८६ करोड ४१ लाख, लक्ष्मी बैंक ७८ करोड ८१ लाख, एभरेष्ट बैंक ७५ करोड ७६ लाख, एनसीसी बैंक ७५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सनराइज बैंक ७० करोड ३७ लाख, नेपाल एसबिआई बैंक ६५ करोड ९५ लाख, कृषि विकास बैंक ६५ करोड ६ लाख, कुमारी बैंक ६३ करोड २५ लाख, हिमालयन बैंक ५६ करोड १० लाख, नेपाल बंगलादेश बैंक ५४ करोड ६६ लाख, बैंक अफ काठमाण्डू ४९ करोड ५९ लाख र सिभिल बैंकले ४१ करोड ११ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।

विकास बैंकहरुको कति ?

पाँच महिनाको अवधिमा विकास बैंकहरुले २ अर्ब ४३ करोड रुपैयाँ रुपैयाँ खुद नाफा कमाएका छन् । १७ विकास बैंकमध्ये ५ बैंकले घाटा ब्यहोरेको प्रतिवेदन नेपाल राष्ट्र बैंकमा बुझाएका छन् । राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकले सर्वाधिक ४६.१२ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा गरिमा विकास बैंकले ३४.३३ करोड, तेस्रोमा ज्योति विकास बैंकले ३३.९४ करोड नाफा कमाएका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकले नोक्सानी ब्यहोरेको राष्ट्र बैंकलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । महालक्ष्मी विकास बैंकले ३१ करोड ६६ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक २७ करोड ६५ लाख, लुम्बिनी विकास बैंक २४ करोड ७९ लाख, सांग्रिला डेभलपमेन्ट बैंक १४ करोड ७ लाख, मितेरी डेभलपमेन्ट बैंक ४ करोड ३१ लाख, एक्सेल डेभलपमेन्ट बैंक २ करोड ९८ लाख, कर्णाली डेभलपमेन्ट बैंक २ करोड ९७ लाख र ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

पाँच महिना अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा बढी १० करोड ६ लाख ८० हजार रुपैयाँले नोक्सानीमा रहेको छ भने नारायणी डेभलपमेन्ट बैंक ४४ लाख २० हजार, सालपा १९ लाख २० हजार, सिन्धु विकास बैंक ९ लाख २० हजार र कर्पोरेट डेभलपमेन्ट बैंकले ५ लाख २० हजार नोक्सानी ब्यहोेरेको छ ।

फाइनान्स कम्पनीहरुको कति ?

फाइनान्स कम्पनीहरुले चालु आवको पाँच महिनामा ५४ करोड ६ लाख नाफा कमाएका छन् । बेष्ट फाइनान्सले सबैभन्दा बढी १२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गुडविल फाइनान्सले ७ करोड ७५ लाख र आईसीएफसी फाइनान्सको ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
चालु आवको पाँच महिनासम्म मन्जुश्री फाइनान्सले ५ करोड ३६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउँदा जानकी फाइनान्स ४ करोड ६२ लाख ३० हजार, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ४ करोड ४४ लाख ५० हजार, गोर्खाज फाइनान्स ३ करोड २३ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै सेन्ट्रल फाइनान्स ३ करोड ९ लाख १० हजार, रिलायन्स फाइनान्स २ करोड २० लाख ६० हजार, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग १ करोड ३६ लाख २० हजार, पोखरा फाइनान्स १ करोड १३ लाख ६० हजार, नेपाल फाइनान्स ८५ लाख २० हजार, मल्टिपपर्स फाइनान्स ५७ लाख ८० हजार, नेशपाल सेयर मार्केटस् ५० लाख ४० हजार र प्रोगेशिभ फाइनान्सले सबैभन्दा कम ६ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । १७ फाइनान्स कम्पनीमध्ये समृद्धि फाइनान्स र क्यापिटल मर्चेन्ट फाइनान्सले नोक्सानीमा छन् भने १५ कम्पनी नाफामा छन् ।

Ad