January 14th, 2022

शेयर बजार समीक्षाः एक सातामा १६५.२९ अंकले बढ्यो ‘नेप्से’

बैंकिङ खबर/ यस हप्ता नेप्से समग्रमा १६५.२९ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.४७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १३.२१ अंकले बढेर ५१९ बिन्दुमा पुगेको छ ।

२३९ वटा धितोपत्रको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५८१ रुपैयाँमा खरिदविक्री भएको छ । ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।

शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा नेपाल हाइड्रो डेभलपर्स, हिमालय ऊर्जा विकास, युनियन हाइड्रोपावर, न्यादी हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स, आइसिएफसि फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी, कर्पोरेट डेभ्लप्मेन्ट बैक रहेका छन् ।

नेपाल हाइड्रो डेभलपर्स र हिमालय ऊर्जा विकासको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। आइतबार सबैभन्दा बढि शेयर कारोबार हुनेमा अपि पावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २९ करोड २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा वृद्धि आएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक १९.४३ अंकले बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ३.१६ अंकले बढेर ५२२.५३ बिन्दुमा पुगेको छ ।

सोमबार २३६ वटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट रहेका छन् । मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने युनियन हाइड्रोपावर र कर्पोरेट डेभ्लप्मेन्ट बैंकको झन्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।

कारोबार रकमको आधारमा गोर्खाज फाइनान्स लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको २२ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक घटेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक बढेको छ ।

यस्तै साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा वृद्धि आएको छ। नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ बिन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले वृद्धि भएर ५२८.८७ बिन्दुमा बन्द भएको छ ।

२३२ वटा धितोपत्रको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँमा खरिद विक्री भएको छ । ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्यभोटेकाशी, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

साताको चौथो कारोबार दिन बुधबार भने पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ३०.५१ अंकले घटेको छ । यससँगै नेप्से २८०३.६२ बिन्दुमा ओर्लिएको छ। यस अघि लगातार बढेको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कूल आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल २२९ वटा कम्पनीका एक करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ९० हजार ५९० पटक खरिद–बिक्री भएका थिए।

कारोबार भएका मध्ये २९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। अरू कम्पनीको सूचक नकारात्मक बनेको छ। यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले घटेर ५२१.८३ बिन्दुमा ओर्लिएको छ।

बुधबार कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेण्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ६.२१ प्रतिशतका दरले गुमाएका छन्।

यस्तै नेपाल बंगलादेश बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै २८ करोड ६९ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सबैभन्दा धेरै आठ लाख ४४ हजार ६१० कित्ता सेयर कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ५४.१२ अंकले वृद्धि भएर २ हजार ८५७.७५ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंकले वृद्धि भएर ५३०.८३ बिन्दुमा रोकिएको छ।

यस दिन २२४ धितोपत्रको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँमा खरिद विक्री भएको छ। मध्यभोटेकोशी जलविद्युत वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाईड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ।

कारोबारमा आएका १३ समूहमध्ये अन्य समूहको परिसूचक घटेको छ भने १२ वटा समूहको परिसूचकमा वृद्धि आएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]