हाम्रो विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सेयर दिन लागेको हो । गत वर्ष बैंकले ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्ता पुँजी बढाउनका लागि उक्त बोनस सेयर प्रस्ताव गरेको हो । राष्ट्रिय स्तरको विकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी साढे दुई अर्ब पुर्याउनुपर्ने हुन्छ ।


