२०७३ भाद्र २२ गते

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर दिने

sanima bankसानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।

हाल ४ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको बोनस शेयर वितरणपछि पुँजी ५ अर्ब २७ करोड रुपैयाँ पुग्नेछ ।