राष्ट्र बैंकद्वारा देशको आर्थिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)


Bankingkhabar /January 13, 2022


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८-७९ को पाँच महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्वजनिक गरेको हो । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.११ प्रतिशत छ । आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.८ प्रतिशत र अमेरिकी डलरमा ७.३ प्रतिशतले घटेको छ ।

शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा छ । कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ३ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.३८७ अर्ब ३ करोड र राजस्व परिचालन रु.४१२ अर्ब ४० करोड छ । विस्तृत मुद्राप्रदाय १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी ११.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर ३०.१ प्रतिशत छ ।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Five Months data of 2078.79)

सोसिअल मेडिया