२०७३ भाद्र २१ गते

नविल बैंकका सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर !

nabil bankनबिल बैंकका सेयरधनीले ३० प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंगलबार बसेको बैंक संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई गत ३० प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

हाल ४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ३० प्रतिशत बोनश बाँडेपछि चुक्तापूँजी ६ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको नाफाबाट बोनस बाँडेपछि बैंकले सजिलै आठ अर्ब चुक्तापुँजी पुर्याउन सक्नेछ ।