Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको सीइओका लागि ३ जनाको नाम सिफारिस

२०७८ पुष २६ गते


बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ ।
सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको हो । जसमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् ।

उनीहरुको नाम समितिले छनोट गरेपछि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने छ । मन्त्रिपरिषदले कुनै एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको जिम्मेवारी दिनेछ ।

Ad