Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यतिले अघि बढायो हकप्रद निष्काशनको प्रक्रिया : विक्रि प्रबन्धकमा एनसीएम नियुक्त

२०७३ भाद्र २१ गते

yetiकाठमाडौँको दरबारमार्गमा केन्द्रीय कार्यालय रहेको यति डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । यसका लागि बैंकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नियुक्त गरेको छ । यति डेभलपमेन्ट बैंक लि.को तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसीएम मर्चेण्ट बैंकिङ्ग लि. को तर्फबाट प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हकप्रद शेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

बैंकले ६९ लाख ३१ हजार एक सय ६६ रुपैयाँ ७२ पैसा बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको १४औं वार्षिक साधारणसभाले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको थियो । बैंकले नियामक राष्ट्र बैंकको निर्देशनअनुरुप चुक्ता पुँजी बढाउन सो हकप्रद निष्काशन गर्न लागेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रियस्तरका विकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी साढे दुई अर्ब पुर्याउनुपर्ने हुन्छ । हकप्रद शेयर निष्काशन पश्चात यति डेभलपमेन्ट बैंकको चुक्ता पूंजी दुई अर्ब सात करोड ९३ लाख ५० हजार १६ रुपैयाँ कायम हुनेछ ।