
बैंकिङ खबर। नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट जोगिन आवश्यक मापदण्डको अनिवार्य पालना गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन जारी गरेको छ। सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न निर्देशन जारी गरेको हाे।
एटिएम बुथहरूबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। यस्तै बैंक तथा वित्तिय संस्थाहरुलाई सकेसम्म बैठकहरू भर्चुअल माध्यमबाट गर्न पनि राष्ट्र बैंकले निर्देशन जारी गरेको छ।



