Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ: गभर्नर अधिकारी

२०७८ पुष २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणले बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्।

आइतबार संसदको लेखासमितिमा बोल्दै गभर्नर अधिकारीले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तन सक्ने बताए । उनका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ। सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ। यदि सरकारले सबै अर्थात बाँकी २ खर्ब ४४ अर्ब रुपैयाँ उठाए तरलतामा झन् दबाब पर्ने बताए।

उनले चालु वर्ष सरकारले राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए। उनले चालु वर्ष मूल्यवृद्धि बढ्ने देखिएको बताए। चालु वर्षको लक्ष्य साढे ६ प्रतिशत राखिएको छ।