Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीमा एकैदिन थपियो १४ अर्ब रुपैयाँ निक्षेप

२०७८ पुष २५ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो।

यस्तै वाणिज्य बैंकहरुको पुस २२ गते एकैदिन १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४३ खर्ब रुपैयाँ पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँमात्र बढेको छ। गत पुस २१ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँमात्रै रहेको छ।

वाणिज्य बैंकहरु पुस २२ गते कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर कुल कर्जा लगानी ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो। पुस २२ गते बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८९.३९ प्रतिशतमा झरेको छ। पुस २२ मा अन्तरबैंक ब्याजदर पनि घटेर ३.८९ प्रतिशतमा झरेको छ।