Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा एकैदिन थपिए एक करोड ४३ लाख कित्ता सेयर, डिम्याट खातामा कहिले आउला ?

२०७३ भाद्र २० गते
सेयर:

nepse1नेपाल स्टक एक्सचेन्जमा सोमबार एक करोड ४३ लाख कित्ता शेयर थपिएको छ । नेप्सेमा चार कम्पनीकोे बोनस र एक कम्पनीको हकप्रद शेयर थपिएको हो । सोमवार कुल १ करोड ४३ लाख ७८ हजार २ सय १४ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन आईसीएफसी फाइनान्सको ४४ लाख ८३ हजार १ सय ७४ कित्ता, हिमालयन जनरलको ५ लाख ३५ हजार कित्ता, नमस्ते वित्तीय संस्थाको ६२ हजार ५ सय कित्ता र कालिञ्चोक डेभलपमेण्टको ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यसैगरी, एनआईसी एशियाको ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । यसरी सूचिकृत भएको शेयर लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा आउन भने केही दिन लाग्ने बताइएको छ ।