Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुशल नेतृत्वका कारण कुमारी बैंकको १९ करोड निक्षेप सुरक्षित अवस्थामा

२०७८ पुष १३ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडको १९ करोड ऋणकर्जा प्रकरणमा निक्षेप सुरक्षित रहेको छ भने बैंकका कर्मचारीहरुसमेत बैंकिङ कसुर मुद्दा चल्नबाट जोगिएका छन् । बैंकको व्यवस्थापनमा रहेको कुशल नेतृत्वका कारण निक्षेप जोगिनुका साथै उनीहरु बैकिङ कसुर मुद्दा चल्नबाट जोगिएका हुन् ।

उक्त प्रकरणमा बैंकबाट प्रवाह भईसकेको कर्जा रकमसमेत सुरक्षित गरेको जनाइएको छ । गायक योगेश्वर अमात्यले आफ्नो जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा तयार गरेको भनी केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका थिए ।

सोही उजुरीमाथि छानविनका क्रममा सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दासमेत आकर्षित हुने देखिएको भन्दै सो उपरसमेत छानबिन गर्न ब्यूरोलाई निर्देशन दिएको थियो । बैंकले अमात्यको उजुरी पर्नु भन्दा अघि नै बैंकबाट प्रवाह भएको कर्जा असुल उपर गरिसकेकाले विशेष सरकारी वकिल कार्यालयले बैकिङ कसुर मुद्दा चलाउनु नपर्ने भनि राय व्यक्त गरेको हो ।

गायक अमात्यको नाममा रहेको कम्पनीको स्वामित्वमा रहेको जग्गाको नक्कली जग्गाधनी दर्ता प्रमाण पूर्जा बनाई कुमारी बैंक लिमिटेड, न्युरोड शाखाबाट निकालिएको कर्जा बैंकले सो कर्जाको सुरक्षण स्वरुप रहेको धितो किर्ते रहेको जानकारी प्राप्त गर्नासाथ ऋणीबाट कर्जा असुल उपर गराएको थियो । यसले एकातिर बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गरेको छ भने अर्कातिर आफ्ना कर्मचारीहरु उपर बैंकिङ कसुर मुद्दा चल्नबाट जोगाएको छ ।

बैंकका का.म.प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाको दुरगामी सोचले गर्दा यस कर्जा प्रकरणमा सम्लग्न कर्मचारीहरु भविष्यमा बैंकले आवश्यक पर्दाको बखत जिम्मेवारीबाट नपन्छिई आफ्ना कर्मचारीहरुलाई संरक्षण गर्ने भरमग्दुर प्रयास गर्ने हुँदा आफूलाई यस कुमारी बैंकमा कर्मचारी भई कार्य गर्न गौरव महसुस भएको यसै प्रकरणमा सम्लग्न एक कर्मचारीले बताएका छन् ।

यता नेपाल राष्ट्र बैंकले भने यसअघि नै कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा नेतृत्वको खराब नियत नदेखिएको बताइसकेको छ।

Ad