Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साढे तीन लाख कित्ता हकप्रद सेयर जारी गर्दै सहारा विकास बैंक

२०७३ भाद्र २० गते

sahara bikas bankसहारा बिकास बैंकले लगानीकर्तालाई एक बराबर १.५ को अनुपातमा अर्थात डेढ सय प्रतिशत हकप्रद दिने भएको छ । बैंकले १०० रुपैयाँ को दरमा ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गर्न लागेको हो । बैंकले उक्त हकप्रद शेयर निष्काशन गर्न यसअघिनै धितोपत्र बोर्डबाट अनमति पाइसकेको छ । हकप्रद शेयर जारी गर्न लागेको बैंकको यहि भदौ २२ गते बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द हुने बैंकले जानकारी दिएको छ ।

भदौ २१ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हाल २ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ६ करोडको हाराहारीमा पुग्नेछ । 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा तीन जिल्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनै पर्ने नीति ल्याएको छ । जसका लागि बैंकले सहयोगी विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।