Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले घट्यो, सीडी रेसियो ९१.२१ प्रतिशत पुग्याे

२०७८ पुष ९ गते


बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु निक्षेप पुस ७ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो।

योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

पुस ७ गते वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले घटेको छ। गत पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा मंसिर ७ गते घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ। पुस ६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा पुस ७ गते घटेर ४६ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४० खर्ब ८८ अर्ब रुपैयाँबाट घटेर ४० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ। पुस ७ गते भने बैंकहरुको औसत सीडी रेसियो बढेर ९१.२१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । गत पुस ६ गतेसम्म सीडी रेसियो ९१.१४ प्रतिशत रहेको थियो।

Ad