Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पाँच सयको नयाँ नोट बजारमा, यस्ता छन् विशेषताहरु

२०७८ पुष ९ गते

बैंकिङ खबर । शुक्रबारदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरका नयाँ नोट चलनचल्तीमा आएको हो।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएका हुन्। ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु पुरानै जस्तै रहने बैंकले जनाएको छ। सगरमाथा हिमालको दायाँतर्फ अण्डाकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकले विज्ञप्ति मार्फत जनाएकाे छ।

Ad