Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

२०७८ पुष ९ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले आज शुक्रबार ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो।

समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ। एनएमबिको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा ज्योतिको सेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबिको १ हजार २८० रुपैयाँ र सूर्याको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।

Ad