
बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरुले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६ वटाले आर्थिक वर्ष २०७७÷०७८ को वितरणयोग्य नाफाबाट नगद तथा बोनस शेयरसमेत दिने गरी लाभांश घोषणा गरेका हुन् ।
कुनको कति ?
नबिल बैंक
नबिल बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने भएको छ । नबिलले ३३ दशमलव छ प्रतिशत बोनस शेयर तथा चार दशमलव चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
प्रभु बैंक
प्रभु बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ ।
कुमारी बैैंक
कुमारी बैैंकले छ प्रतिशत बोनस तथा दुई दशमलव ६७ प्रतिशत नगद आफ्ना शेयरधनीलाई दिने भएको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले आफ्ना लगानीकर्तालाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर तथा चार दशमलव ६२ प्रतिशत नगद गरेर २६ प्रतिशत लाभांश दिने भएको छ ।
कृषि विकास बैंक
धैरै लाभांश दिनेमध्ये कृषि विकास बैंकले २० प्रतिशत बोनस र एक दशमलव ०५२६ प्रतिशत नगद गरी २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सानिमा बैंक
सानिमा बैंकले १७ प्रतिशत बोनस तथा शून्य दशमलव ८९४७ प्रतिशत नगदसहित १७ दशमलव ८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले १४ प्रतिशत बोनस तथा तीन प्रतिशत नगदसहित १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा शून्य दशमलव ६३१३ प्रतिशत नगद गरी कूल १६ दशमलव ६३१३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक
नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६११ प्रतिशत बोनस तथा तीन दशमलव ३८९ प्रतिशत नगदसहित १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले १२ दशमलव ९१३ बोनस तथा तीन दशमलव शून्य ८७ प्रतिशत नगद गरेर १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
एनएमबी बैंक
एनएमबी बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव पाँच प्रतिशत बोनस शेयर तथा तीन दशमलव तीन प्रतिशत नगदसहित १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र शून्य दशमलव ७८९५ प्रतिशत नगद गरी १५ दशमलव ७८९५ लाभांश वितरण गर्ने भएको छ ।
नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत बोनस र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले १४ दशमलव २५ बोनस र शून्य दशमलव ७५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंक ले १३ दशमलव तीन बोनस तथा शून्य दशमलव सात प्रतिशत नगदसहित १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंक अफ काठमाडौं
बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र चार प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
ग्लोबल आइएमई बैैंक
ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा तीन दशमलव पाँच प्रतिशत नगदसहित १३ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले दश प्रतिशत बोनस तथा तीन दशमलव शून्य छ प्रतिशत नगद गरी १३ दशमलव शून्य छ प्रतिशन लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मेगा बैंक
मेगा बैंकले दश प्रतिशत बोनस तथा दुई दशमलव शून्य सात नगदसहित १२ दशमलव शून्य सात प्रतिशत आफ्ना शेयरधनीलाई दिने भएको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले आठ प्रतिशत बोनस तथा तीन दशमलव पाँच नगद गरेर ११ दशमलव पाँच प्रतिशत आफ्ना शेयरधनीलाई दिने भएको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले छ प्रतिशत बोनस शेयर र चार दशमलव ३२ प्रतिशत नगद आफ्ना शेयरधनीलाई दिने भएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी)ले आठ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद आफ्ना शेयरधनीलाई दिने भएको छ ।
सनराइज बैंक
सनराइज बैंकले छ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगदसहित सात प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सेन्चुरी बैंक
सेन्चुरी बैंकको लगानीकर्तालाई बैंकले पाँच दशमलव ७५ प्रतिशत बोनस तथा शून्य दशमलव तीन प्रतिशत नगद गरी छ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले तीन दशमलव पाँच प्रतिशत बोनस शेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी जम्मा पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सिभिल बैंक
सिभिल बैंकले सबैभन्दा कम पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको घोषित लाभांशमध्ये पाँच प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद हुने बैंकले जनाएको छ ।