Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्ड र नेप्सेका प्रमुख नियुक्तिमा किन ढिलाइ?

२०७८ पुष ६ गते

बैंकिङ खबर।

बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने यतिबेला नेतृत्वविहीन छन्।

नेपाल धितोपत्र बोर्ड (सेवन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख पद रिक्त रहेकाे तीन महिना भइसक्दा पनि नयाँ नियुक्ति हुन सकेको छैन।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका थिए। सेवनका अध्यक्ष भिष्मराज ढुंगानालाई भने अर्थ मन्त्रालयले बर्खास्त गरेको हो।

नेप्से सिईओ साउदले ८ भदाैमा राजीनामा दिएका थिए। त्यसपछि ११ असोजमा मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष ढुंगानालाई बर्खास्त गरेको थियाे।

अर्थ मन्त्रालयले सेवनको अध्यक्ष नियुक्तिका लागि ११ कात्तिकमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन मागेको थियो। तर मन्त्रालयले छनोट प्रक्रिया भने अघि बढाएको छैन।

यसैगरी नेप्सेको सिईओ नियुक्तिका लागि भने कुनै प्रक्रिया नै सुरु हुन सकेको छैन। बोर्ड नेतृत्वविहीन हुँदा कम्पनीहरूको शेयर निष्कासन स्वीकृतिसमेत रोकिएको छ। कामहरू प्रभावित भएका छन्।

Ad