
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा.
भट्टलाई बिहीबारदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् ।