Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा देशको आर्थिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

२०७८ मंसिर २९ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले देशको आर्थिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको (आर्थिक वर्ष २०७८÷७९ को चार महिनाको तथ्याङ्कमा आधारित) रिपोर्ट सार्वजनिक गरेको हो । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३२ प्रतिशत छ ।

आयात ६१.६ प्रतिशतले र निर्यात १०४.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.१५० अर्ब ३८ करोडले घाटामा छ । विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.२८७ अर्ब ५४ करोड र राजस्व परिचालन रु.३३४ अर्ब३१ करोड छ । विस्तृत मुद्राप्रदाय १.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.३ प्रतिशतले बढेको छ र निजीक्षेत्रमाथिको दावी ९.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.२ प्रतिशत र निजीक्षेत्रमाथिको दावीको वृद्धिदर ३१.२ प्रतिशत छ ।

Ad